नयाँ बसपार्क घटना : दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुको माग

डिसी नेपाल
३ फागुन २०७९ ११:४५
64
Shares

काठमाडौं। काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा गत सोमबार भएको घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुले माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोलेका अधिकांश सांसदहरुले सोमबार भएको सो घटनाका दोषी जोसुकै भए पनि कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

तर, अहिलेसम्म सो घटनाको योजनाकार पक्राउ नपरेको भन्दै सरकारको आलोचना गरेका उनीहरुले प्रदर्शनकारीबाट भएको लुटपाट र तोडफोडको क्षति व्यवसायीलाई उपलब्ध गराउन पनि माग गरे।

काठमाडौंमै सरकारले उचित र व्यवस्थित सुरक्षा व्यवस्था गर्न नसक्दा सरकारी र व्यक्तिको सम्पत्तिमा क्षति पुगेको सो घटनाले देशको सुरक्षा व्यवस्थालाई दर्साएको उनीहरुको भनाइ छ।

उक्त घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न शीशीर खनाल, शंकर भण्डारीसहितका सांसदले माग गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *