चलचित्र विकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा समातिए

डिसी नेपाल
३ फागुन २०७९ १२:०४
108
Shares

काठमाडौँ। चलचित्र बिकास बोर्डका लेखा अधिकृत नक्कली डलरसहित दुबईमा समातिएका छन्। नक्कली डलर बोकेर बोर्डले आयोजना गरेको ‘नेपाल्स् फिल्म फेस्ट’का लागि यूएई उडेका लेखा अधिकृत प्रभाकर भट्टराई दुबईको विमानस्थलमा समातिएका हुन्।

भट्टराईसँगै अर्का एक जनालाई पनि विमानस्थलमा खटिएका सुरक्षाकर्मीले समातेको थियो। स्रोतका अनुसार भट्टराई र उनीसँग रहेका व्यक्तिले बोकेको डलरमध्ये धेरै जसो नोट नक्कली थिए। विमानस्थलमा खटिएका सुरक्षाकर्मीले उनीहरूलाई ५ घण्टाभन्दा बढी केरकार गरेका थिए।

विमानस्थलमा उनीहरूले नेपालको सिभिल बैंकमा आफूहरूले डलर साटेको ‘स्लिप’ देखाउँदै उम्किन खोजेपनि सुरक्षाकर्मीले छोड्न मानेका थिएनन्। पछि दुबईमा बस्ने अर्का एक नेपाली युवाले आफू ‘ग्यारेण्टी’ बस्ने गरी आइडी कार्ड ‘धरौटी’ बुझाएपछि उनीहरू रिहा भएका हुन्।

नेपाली अधिकारी नक्कली डलरसहित समातिएपछि दुबईको सुरक्षा निकायले पनि यो विषयलाई गम्भीरताका साथ लिएको बताइएको छ। नक्कली डलर बरामद भएपछि यूएईका सुरक्षा एजेन्सीहरूले यो ‘अवार्ड कार्यक्रमलाई सुक्ष्म ढंगले निगरानी गरिरहेका छन्।

नक्कली डलर प्रकरणमा अमेरिकाको सिधा चासो रहन्छ। त्यसैले पनि यो विषयलाई दुबईले गम्भिर ढंगले लिएको छ। नेपालको सिभिल बैंकबाट साटिएको भनिएको डलर कसरी नक्कली भयो भन्ने विषयमा दुबईको सुुरक्षा निकायले नेपाल प्रहरीसँग समन्वय गरेर अनुसन्धान अगाडी बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *