दराजभित्र भेटिइन् १४ वर्षकी किशोरी, जाँचमा गर्भवती भएको पाइयो

डिसी नेपाल
३ फागुन २०७९ १४:३४

काठमाडौं । १४ वर्षीया किशोरी अचानक बेपत्ता भइन् । लामो समयसम्म उनको खोजी जारी थियो । १८ महिनापछि उनी घरको दराजमा लुकेर बसेको अवस्थामा भेटिएकी थिइन् । तर उक्त घरमा बस्ने मानिसहरुले उनी त्यहाँ कसरी त्यहाँ आइन् भन्ने थाहा नभएको बताउँछन् । अर्कोतर्फ उनको अवस्था देखेर प्रहरी पनि छक्क परे किनभने उनी गर्भवती थिइन् । कुरा अमेरिकाको मिशिगनको हो ।

अहिले प्रहरीले बालिकालाई धर्मपुत्री लिने दम्पतीसँग सोधपुछ गरिरहेको छ । उनीहरूको संरक्षकत्वबाट उनी बेपत्ता भएकी थिइन् । डेली स्टारको रिपोर्ट अनुसार ती बालिका करिब १८ महिनाअघि अभिभावकको घरबाट बेपत्ता भएकी थिइन् । प्रहरीले उनको खोजी गरिरहेको थियो । त्यसपछि मात्रै बेपत्ता बालिका अर्को घरको दराजमा बन्द अवस्थामा फेला परेकी थिइन् । उनी डरले काँप्दै थिइन् । अनुसन्धानपछि बालिका गर्भवती रहेको पाइएको थियो ।

प्रहरी अधिकारी रोबर्ट वाट्सनले ती बालिका चार वा पाँच महिनाको गर्भवती रहेको बताए । उनले किशोरी मिशिगनको पोर्ट ह्युरोन नजिकै रहेको घरमा भेटिएको बताए तर किशोरी त्यहाँ कसरी आइन् भन्ने थाहा नभएको परिवारले दाबी गरेका छन् ।

आफ्नो टोलीले गुप्तचरको आधारमा घरमा खोजी गरेको वाटसनले बताए । सुरुमा परिवारका सदस्यहरूले अधिकारीहरूलाई प्रवेश गर्न दिएनन्। उनीहरूले सर्च वारेन्टको माग गरेका थिए । पछि वारेन्टसहित खोज्दा किशोरी दराजमामा फेला परेकी थिइन् । नजिकै दुई जना मानिस टिभी हेरिरहेका थिए । तर किशोरी कसरी त्यहाँ पुगिन् भन्ने थाहा नभएको उनीहरूले प्रहरीसमक्ष जिद्दी गरे ।

प्रहरी अधिकारी वाटसनले भने- किशोरी रोइरहेकी थिइन् । उनी निकै डराएकी थिइन् । उनको मेडिकल चेकअप भयो । त्यसपछि उनलाई जैविक पितासँग भेट गराइयो । वास्तवमा विवादका कारण बालिकाका जैविक पिताले छोरीको संरक्षकत्व राखेका थिएनन् । तर, बुवालाई भेटेपछि किशोरीले भनिन्– म बुबासँग बस्न चाहन्छु ।

बालिका बेपत्ता हुनुमा उनकी जैविक आमाको हात रहेको अनुसन्धान टोलीका सदस्यले बताए । उनले बालिकालाई लुकाउन धेरै पटक सारिन्। अहिले पनि अनुसन्धान जारी छ । आमाको पनि खोजी भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *