धनुषाबाट हुण्डी कारोबारी पक्राउ

डिसी नेपाल
३ फागुन २०७९ २२:३०

जनकपुरधाम । प्रहरीले धनुषाको लग्मा जटहीबाट हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको चार लाखभन्दा बढी रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले बताए ।

प्रदेश २–०२–००४ प ७५३४ नम्बरको मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–०७ बस्ने ३८ वर्षीय जाबिर राईनबाट स्रोत नखुलेको नेपाली ४ लाख छ हजार एक सय पन्ध्र रुपैयाँ बरामद गरिएको डीएसपी गौतमले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *