चिनियाँ गभर्नरको बेलायत भ्रमण रद्द, कारण उइगर मुस्लिम हुन् ?

डिसी नेपाल
४ फागुन २०७९ ११:००
52
Shares

काठमाडौं । मानवअधिकार उल्लङ्घनको आरोप लागेका चिनियाँ कम्युनिष्ट पार्टीका एक अधिकारीको बेलायत भ्रमण रद्द गरिएको छ । बेलायतका सांसदहरूले एर्किन टुनियाजलाई लन्डन आउन नदिन सरकारलाई आग्रह गरेका थिए।

एर्किन चीनको सिनजियाङ प्रान्तका गभर्नर हुन्। २०२१ मा बेलायतको संसदमा एक प्रस्ताव पेश गरिएको थियो। यस प्रस्तावमा सिनजियाङमा उइगर मुस्लिमहरू विरुद्ध हुने अपराध र नरसंहारको बारेमा कुरा गरिएको थियो।

विदेश मन्त्रालयका प्रवक्ताले भने कि एर्किन टुनियाजले आफ्नो भ्रमण रद्द गरेको देखिन्छ। सरकारले एर्किन टुनियाजलाई बोलाएन, न त उनले कुनै मन्त्रीलाई भेट्ने कुरामा जोड दिए।

विदेश मन्त्रालयका प्रवक्ताका अनुसार बेलायत सरकारले चीनको सिनजियाङमा हुने मानवअधिकार उल्लङ्घनका विरुद्ध कारबाही गर्नका लागि हरेक अवसरको सदुपयोग गर्नेछ ।

चीनले उइगर मुस्लिममाथि उत्पीडन गरेको आरोप लागेको छ । सिनजियाङ प्रान्तको शिविरमा हजारौं उइगर मुस्लिमलाई थुनिएको आरोप लगाइएको छ।

संयुक्त राष्ट्रसंघले पनि चीनमाथि मानवअधिकार उल्लङ्घनको गम्भीर आरोप लगाएको थियो । यद्यपि चीनले उइगर मुस्लिममाथि दमन गरेको आरोप अस्वीकार गर्दै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *