सांसद भण्डारीकी आमा हरिकला भण्डारीको निधन

डिसी नेपाल
४ फागुन २०७९ ११:२०

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारीको आमा हरिकला भण्डारीको आज बिहान निधन भएको छ ।  कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनकाे निधन भएको हो।

अस्पतालका अनुसार आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको हो।

हिजो राति ग्यास सिलिन्डर लिक भएर चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । घाइते भएका सांसद भण्डारी र उनकी आमालाई बानेश्वरस्थित सिभिल हस्पिटल हुँदै कीर्तिपुर अस्पताल लगिएको थियो ।

कीर्तिपुर अस्पतालले सांसद भण्डारीको स्वास्थ्य अवस्था जटिल रहेकाले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *