बालाजु लुटपाट घटनाको छानविन गर्न डीआईजीको नेतृत्वमा समिति गठन

डिसी नेपाल
४ फागुन २०७९ ११:४१

काठमाडौं। यातायात मजदुरहरूले बालाजुमा गरेको तोडफोड लुटपाटको घटनाको छानवीन गर्न उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी मसाउद आलम खाँको नेतृत्वमा छानवीन समिति गठन गरिएको छ।

प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलका अनुसार क्षतिपूर्ति निर्धारण गर्न सो छानवीन समिति गठन गरिएको हो। समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल सहित ५ जना छन्।

समितिलाई यथाशीघ्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको डीआईजी पोखरेलले जानकारी दिए। माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका थिए।

प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए । विष्टलाई उपत्यका प्रहरी कार्यालय तानिएको छ भने व्यपारीहरुले करोडौ नोक्सानी भएको बताउदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *