‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’को तयारी पुरा

डिसी नेपाल
४ फागुन २०७९ १२:५८

काठमाडौं : ड्रिम हाइ नेपालले यही फागुन ०७ गते प्रजातन्त्र दिवसका दिन होटेल याक एण्ड एतीमा आयोजना गर्ने दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९ को तयारी पुरा गरेको छ।

कूल ११ विधामा नगद राशिसहित प्रदान गरिने अवार्डमा १० विधामा उत्कृष्ट ३ को टप थ्री मनोनयन गरिएको कुरा अवार्डको आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिएका छन्। “नेपालको मिडिया उद्योग र सञ्चार क्षेत्रको योगदानको कदर तथा सम्मान गर्न अवार्ड कार्यक्रम गर्न लागेका हौँ”, जिसीले भने।

दोस्रो एलआइसी नेपाल मिडिया अवार्ड २०७९ मा सञ्चार तथा सामाजिक क्षेत्रमा आफ्नो जीवन अर्पेका व्यक्तित्व वरिष्ठ संचारकर्मी कृष्ण ताम्राकारलाई लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) र बरिस्ठ पत्रकार भुषण दाहाललाई दशकको उत्कृष्ट पत्रकारिता सम्मानबाट सम्मान गरिने जिसीले जानकारी दिए।

दोस्रो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा सामाजिक विधालाई समेट्दै उधमी तथा समाजसेवी लगायतलाई पनि सम्मान गरिने कुरा उनले थप्दै भने। टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन गरिएको आयोजक संस्थाले जनाएको छ। मनोनयनमा परेका विधा र उत्कृष्ट ३ को नामावली जुरी समूहको बरियातामा रहने गरि सोहि कार्यक्रम कै दिन सार्वजनिक गरिने कुरा आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि भने उपप्रधान तथा अर्थमन्त्री माननीय बिष्णु प्रसाद पौडेललाई निमन्त्रना गरिएको कुरा जनाए। साझ ४:०० बजे देखि कार्यक्रम सुरु हुने र कार्यक्रममा नेपाली सास्कृतिक झल्किने खालका प्रस्तुति तथा विभिन्न कलाकार मार्फत प्रस्तुति समेत रहेको कुरा कमल जि.सीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *