विश्व बैंकका प्रमुखले पदावधि पूरा हुनुअघि नै राजीनामा दिए
काठमाडौं । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन् । डेभिडले आफ्नो कार्यकाल पूरा हुनुअघि नै यो घोषणा गरेका हुन् ।
डेभिडको कार्यकाल २०२४ मा समाप्त हुने थियो। डोनाल्ड ट्रम्पको कार्यकालमा डेभिड मालपास विश्व बैंकको प्रमुख बनेका थिए ।
डेभिड मालपासको कार्यकालमा विश्व बैंकका सामु धेरै विश्वव्यापी चुनौतीहरू थिए । जसमा कोविड, युक्रेनमा रुसको आक्रमण र विश्वव्यापी आर्थिक चुनौतीहरू पर्छन्।
६६ वर्षीय डेभिड मालपासले भने, ‘धेरै सोचविचारपछि म अब नयाँ चुनौती सामना गर्ने समय हो भन्ने निष्कर्षमा पुगेको छु । सहज नेतृत्व परिवर्तन हुने अवसर यही हो ।’ डेभिड मालपास पनि डोनाल्ड ट्रम्पको अभियान सल्लाहकार थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment