पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारत प्रस्थान
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनाल भारत प्रस्थान गरेका छन्।
एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनालले भारत भ्रमणका क्रममा त्यहाँका शीर्षनेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनावादी) लिबरेसन पार्टीको ११ औं अखिल भारतीय महाधिवेशनमा विशेष अतिथिको रूपमा सहभागी हुन भारत प्रस्थान गरेका खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
बिहीबार खनालसँगै उनकी श्रीमती रविलक्ष्मी चित्रकार, पार्टी उपाध्यक्ष प्रमेश हमाल र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि भारत गएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment