महाशिवरात्री पर्वका लागि गोवद्र्धन मठका शंकराचार्य पशुपति आइपुगे
काठमाडौं । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती काठमाडौँ आपुगेका छन् ।
शंकराचार्य निश्चलानन्द सरस्वती बिहीबार साँझ काठमाडौँ आइपुग्नुभएको कोषका संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । शङ्कराचार्यलाई कोषका सदस्य सचिव डा मिलनकुमार थापालगायत कर्मचारीले स्वागत गरेका थिए।
शंकराचार्य निश्चलानन्द सरस्वती पशुपति क्षेत्रस्थित नेपाल–भारतमैत्री धर्मशालामा बसेका छन्। उनका साथमा त्रिदण्डी स्वामी निर्विकलानन्द, ऋषिकेश ब्रह्मचारी, शङ्कराचार्यका अन्तर्राष्ट्रि«य प्रभारी प्रेमचन्द्र झालगायत सात सदस्यीय समूह रहेको छ ।
शङ्कराचार्य निश्चलानन्द सरस्वतीले आज पशुपतिनाथमा दर्शन गर्ने कार्यक्रम छ । दर्शनपछि उनले पशुपति क्षेत्रस्थित शङ्कराचार्य मठमा प्रवचन गर्र्र्ने कार्यक्रम रहेको बताइएको छ । आजै साँझ उनले धर्मशालामा हुने अन्तक्र्रिया कार्यक्रममा जिज्ञासुका प्रश्नको उत्तर दिने कोषले जनाएको छ ।
शंकराचार्य सँगै महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा साधुसन्तको भीड लागेको छ । यस वर्ष महाशिवरात्रिमा करिब पाँच हजार साधुसन्त पशुपति क्षेत्रमा आउने अनुमान कोषको छ । पशुपति क्षेत्र आएका साधुसन्तलाई बिहीबारदेखि नै भोजन, आवास र धुनीको व्यवस्था गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment