कतार इस्लामिक बैंकका अध्यक्ष म्यानचेस्टर युनाइटेड किन्न दौडमा सामेल भए

डिसी नेपाल
६ फागुन २०७९ १४:२९

काठमाडौं । कतार इस्लामिक बैंकका अध्यक्ष तथा कतारका पूर्वप्रधानमन्त्रीका छोरा शेख जसिम बिन हमाद अल थानीले विश्वको चर्चित फुटबल क्लब म्यानचेस्टर युनाइटेडलाई किन्ने दौडमा सामेल हुने घोषणा गरेका छन् ।

उनले आफ्नो फाउन्डेसन (नाइन टु फाउन्डेसन) ले प्रसिद्ध फुटबल क्लब म्यानचेस्टर युनाइटेडलाई किन्न लिलामीमा सहभागी हुने बताए ।

शेख जसिमले यस क्लबका पुराना गौरवका पलहरू किनेर फिर्ता हुने र म्यानचेस्टर युनाइटेडलाई जनताको मनमा पुनः स्थापित गर्ने दाबी गरेका छन् ।

यसै क्रममा बीबीसी स्पोर्ट्सले सर जिम र्याटक्लिफको कम्पनी इनियोसले पनि म्यानचेस्टर युनाइटेड किन्नको लागि आफ्नो बोली पेश गरेको बताएको छ ।

बोलपत्र पेश गर्ने अन्तिम मिति शुक्रबार थियो । यसअघि ग्लेजर परिवारले म्यानचेस्टर युनाइटेड बेच्ने घोषणा गरेको थियो । उनले सन् २००५ मा यो क्लब किनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *