टर्कीमा भूकम्पमा परी घानाका फुटबलर क्रिस्टियन एत्सुको मृत्यु
काठमाडौं । टर्कीमा गएको भूकम्पमा परी घानाका फुटबलर क्रिस्टियन एत्सुको मृत्यु भएको छ । भूकम्प गएको करिब दुई सातापछि उनको शव भग्नावशेषमुनि भेटिएको थियो ।
क्रिस्चियन एत्सुका एजेन्टले उनको मृत्युको पुष्टि गरेका छन् । ३१ वर्षीय क्रिस्टियन एत्सुले प्रिमियर लिगमा एभर्टन, चेल्सी र न्युक्यासल फुटबल क्लबबाट खेलिसकेका छन् ।
भूकम्पपछि उनी गत फेब्रुअरी ६ देखि बेपत्ता थिए । हेतेमा उनको अपार्टमेन्ट पनि भूकम्पमा भत्किएको थियो ।
क्रिस्चियन एत्सुको क्लब ह्याटेसपोरले सुरुमा उनलाई उद्धार गरिएको तर चोटपटक लागेको बताएको थियो। तर पछि सबै परिवर्तन भयो।
उनका एजेन्ट नाना सासियरले शनिबार ट्वीट गरेका छन्, ‘धेरै गहिरो हृदयका साथ आज बिहान क्रिस्चियन एत्सुको शव भेटिएको जानकारी गराउन चाहन्छु। उहाँको परिवारसँग मेरो समवेदना छ।’
एत्सु सेप्टेम्बर २०२२ मा ड्याटेसपोर क्लबमा सामेल भए र ५ फेब्रुअरीमा सुपरलिगा खेलमा विजयी गोल गरे।
दक्षिणी टर्की र उत्तरी सिरियामा गएको भूकम्पमा परी ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment