उत्तर कोरियाले फेरि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गर्यो
काठमाडौं । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले हतियारको विश्वसनीयता परीक्षण गर्न शनिबार इन्टर कन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरिएको जनाएको छ ।
बयानका अनुसार यो मिसाइल ९०० किलोमिटरभन्दा बढीको दूरी ६७ मिनेटमा पार गरेपछि जापान सागरमा खसेको थियो ।
उत्तर कोरियाका अनुसार यो परीक्षणले अमेरिका र दक्षिण कोरिया जस्ता शत्रुसँग लड्न सक्षम रहेको देखाएको छ ।
क्षेप्यास्त्रको यो परीक्षण अर्को महिना हुन लागेको अमेरिका र दक्षिण कोरियाको संयुक्त युद्धाभ्यासअघि भएको हो ।
उत्तर कोरियाले शुक्रबार आयोजित परेडमा आफ्नो विशाल सैन्य शक्ति प्रदर्शन गरेको छ । यसमा एक दर्जन भन्दा बढी आइसीबीएमहरू समावेश थिए।
उत्तर कोरियाली अधिकारीहरूले उत्तर कोरियामाथि आक्रमण गर्ने तयारीमा हुने कुनै पनि अभ्यासलाई ‘अभूतपूर्व रूपमा कडा’ जवाफ दिइने बताएका छन्।
देशका शासक किम जोङ-उनकी बहिनी किम यो-जोङले आइतबार कुनै पनि शत्रुतापूर्ण कार्यलाई ‘बलियो र दृढ’ जवाफ दिइने बताइन्।
उनले अमेरिकालाई उत्तर कोरियाको सरकारविरुद्धको ‘धम्की’ अन्त्य गर्न पनि आग्रह गरेकी छिन् । यद्यपि उनले उत्तर कोरियाको मिसाइलले दक्षिण कोरियाको राजधानी सियोललाई निशाना बनाउने दाबी गरिन्।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले यो क्षेप्यास्त्र स्थानीय समय अनुसार साँझ ६.२७ बजे होक्काइडोको पश्चिममा जापानको विशेष आर्थिक क्षेत्रमा खसेको बताएका छन् ।
जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले राजधानी टोकियोमा यो ५,७०० किलोमिटरको उचाइमा पुगेको बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment