भूकम्पले क्षतविक्षत भएको सिरियाको राजधानीमा इजरायलको आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

डिसी नेपाल
७ फागुन २०७९ १४:००

काठमाडौं । सिरियाले राजधानी दमास्कस र आसपासका क्षेत्रमा इजरायलको मिसाइल आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको जनाएको छ । यस आक्रमणमा २८ जना घाइते भएको पनि समाचार छ ।

सरकारी टेलिभिजनमा देखाइएको भिडियोमा १० तले भवन क्षतिग्रस्त अवस्थामा देखाइएको छ। इजरायलले आक्रमण गरेको क्षेत्रमा भारी सुरक्षा व्यवस्थासहितको आवासीय परिसर निर्माण गरिएको छ । यो क्षेत्र सघन जनसंख्या भएको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलले यस हमलाबारे आफ्नो बयान दिन अस्वीकार गरेको छ। इजरायलले इरान र हिजबुल्लाह विद्रोहीसँग सम्बन्धित सिरियाली लक्ष्यहरूमा बारम्बार हमला गरेको छ। तर, उसले विरलै आफ्नो कार्य स्वीकार गर्ने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *