नेपालमा आएका एकमात्र अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको अवस्था गम्भीर

डिसी नेपाल
७ फागुन २०७९ १६:१३

काठमाडौं । नेपालको भ्रमण गरेका एकमात्र अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको अवस्था निकै गम्भीर रहेको छ । जसका कारण उनले आफ्नो अन्तिम समय परिवारका सदस्यहरुकै बीचमा बिताउने निर्णय गरेका छन् । उनलाई अहिले अस्पतालबाट घर सारिएको उनको परिवारले विज्ञप्ति जारी गरेर जनाएको छ । उनको घरमै उपचार हुनेछ ।

९८ वर्षिय जिम्मी कार्टर आज अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध पूर्वराष्ट्रपति बनेका छन् । कार्टर सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाका राष्ट्रपति थिए। उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि पाएका थिए । कार्टर केही समयदेखि मेलानोमा नामक रोगबाट पीडित थिए। जुन उनको कलेजो र मस्तिष्कमा फैलिएको छ । मेलानोमा छालाको क्यान्सरको एक प्रकार हो।

जिम्मी कार्टर नेपाल भ्रमण गर्ने एकमात्र अमेरिकी पूर्वराष्ट्रपति हुन्। उनी नेपालमा निर्वाचनको पर्यवेक्षणको क्रममा नेपाल आएका थिए । उनको संस्था कार्टर सेन्टरले नेपालमा संविधानसभाको निर्वाचनको पर्यवेक्षण गरेको थियो ।

सन् १९२४ मा अमेरिकाको जर्जियामा एक किसान परिवारमा जिम्मी कार्टरको जन्म भएको थियो । सन् १९६० मा राजनीतिमा प्रवेश गरे र सन् १९७१ मा पहिलो पटक आफ्नो राज्यको गभर्नर बने । त्यसको ठीक ६ वर्षपछि, जिम्मी कार्टरले रिपब्लिकन पार्टीका अध्यक्ष गेरार्ड आर फोर्डलाई हराएर राष्ट्रपति बने।

उनको कार्यकालमा विश्वमा धेरै संकटहरु आए । सन् १९७९ मा इरानमा भएको क्रान्तिले अमेरिका समर्थक शाहलाई सत्ताबाट हटायो। यसैबीच, कार्टरको समयमा अरब देश र इजरायलबीच मेलमिलापका लागि डेभिड एकर्डमा हस्ताक्षर भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *