यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
८ फागुन २०७९ ८:५४
172
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा कायम गरिएको छ।

यस्तै,युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ४२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ०७ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ १८ पैसा र बिक्रीदर १५९ रूपैयाँ९० पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रूपैयाँ ९८ पैसा र बिक्रीमा ९१ रूपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ १६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६० पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।

यसैगरी, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४२ पैसा, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ र बिक्रीमा ३६ रूपैयाँ १७ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रूपैयाँ ८४ पैसा र बिक्रीमा २९ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।

उता, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ७६ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ७७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ३६ पैसा तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *