चीनले किन भन्यो– अमेरिकाले औंला उठाएको सहने छैन ?
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धलाई ध्यानमा राख्दै चीनले रुसलाई हतियार र गोलाबारुद दिने विचार गरिरहेको बताएका छन् ।
एन्टोनी ब्लिन्केनले सीबीएस न्युजलाई दिएको अन्तर्वार्तामा भने, ‘चिनियाँ कम्पनीहरूले रुसलाई सहयोग गर्दै आएका छन्। यो सहायता यस्तो थियो कि यसबाट कुनै विध्वंस वा विनाश नहोस्। तर अब नयाँ जानकारी बाहिर आएपछि चीनले अब रुसलाई हतियार वा विनाशकारी गोलाबारुद उपलब्ध गराएर सहयोग गर्न सक्ने देखिन्छ ।
ब्लिन्केनले चीनले यस्तो गरेमा गम्भीर परिणाम भोग्नुपर्ने बताए । रुसले सैन्य हतियार माग गरेको भनिएको समाचारलाई चीनले अस्वीकार गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एकअर्काका सहयोगी हुन् । जिनपिङले रुसले युक्रेनमा गरेको आक्रमणको अहिलेसम्म निन्दा गरेका छैनन् ।
यद्यपि उनले यस विषयमा शान्तिका लागि अपिल गरेका छन् । रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष भइसकेको छ । चीनको विदेश मन्त्रालयले रुससँगको सम्बन्धका विषयमा अमेरिकाले औंला उठाउने कार्य सह्य नहुने बताएको छ ।
ब्लिन्केनले म्युनिख सुरक्षा सम्मेलनमा चिनियाँ कूटनीतिज्ञ वाङ यीलाई भेटेका थिए र त्यसपछि मात्र उनले सीबीएसलाई दिएको अन्तर्वार्तामा चीन-रुसबारे टिप्पणी गरे।
यसअघि पनि जासुसी बेलुनलाई लिएर अमेरिका र चीनबीचको सम्बन्धमा तनाव आएको थियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि बेलुनका कारण आफ्नो चीन भ्रमण रद्द गरेका थिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment