मुस्लिम जनसंख्या रोक्ने षड्यन्त्र भन्दै गर्भनिरोधकमा प्रतिबन्ध !
काठमाडौं । अफगानिस्तानमा तालिबानले महिलामाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाएका छन् । सोही क्रममा तालिवानले देशका दुई प्रान्तमा गर्भनिरोधक सामग्रीको बिक्रीमा प्रतिबन्ध लगाएको समाचार छ । सबै औषधि पसललाई चेतावनी पनि दिइएको छ । यसलाई पश्चिमी देशको षडयन्त्र भनिएको छ ।
तालिबानलाई लाग्छ कि यी गर्भनिरोधकहरू मुस्लिम जनसंख्या नियन्त्रण गर्न प्रयोग गरिन्छ। यसका लागि उसले यी औषधि कुनै पनि हालतमा प्रयोग नगर्न घरदैलो उरेरै चेतावनी दिएको छ । पसललाई पनि धम्की दिइएको छ र त्यस्तो औषधि स्टकमा राख्न नपाइने भनिएको छ । काबुलका एक पसलेले यो नयाँ नियमको बारेमा विस्तृत जानकारी दिएका छन् ।
समाचार एजेन्सीसँग कुरा गर्दै पसलेले हातमा बन्दुक लिएर दुई पटक तालिबान आफ्नो पसलमा आएको बताए । उनले भने – मलाई गर्भनिरोधक चक्की नबेच्न धम्की दिइयो । यी मानिसहरूले काबुलको हरेक औषधि पसललाई यसरी जाँच गरिरहेका छन्।
एक महिलाले पनि नाम नबताउने सर्तमा तालिबानले घरबाहिर निस्कन नपर्ने धम्की दिएको बताइन् । उनका अनुसार तालिबानले जनसंख्या नियन्त्रणका लागि पश्चिमी संस्कृतिको प्रवर्द्धन गर्नु हुँदैन । यो बेकार छ भनेका छन् । एक पसलेले पुरानो औषधि बेच्न डराएको समेत बताएका छन् । पछिल्लो एक महिनादेखि यस्तै अवस्था छ ।
यसअघि पनि तालिबानले महिलामाथि धेरै प्रकारका प्रतिबन्ध लगाएका छन् । अब अफगानिस्तानका निजी विश्वविद्यालयमा अध्ययनरत छात्राहरूले विश्वविद्यालयको प्रवेश परीक्षामा सहभागी हुन पाउने छैनन् । कुनै पनि केटीलाई परीक्षा दिन नदिने निर्णय भएको छ । आचारसंहिता पालना नगर्ने विश्वविद्यालयलाई पनि कडा कारबाही गर्ने बताइएको छ । यसअघि पनि महिलालाई पार्क जान र जिम जान प्रतिबन्ध लगाइएको थियो ।







डिसी नेपाल







Facebook Comment