पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ (भिडियो)

डिसी नेपाल
८ फागुन २०७९ १५:२४

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेको थियो । कोषले साधुसन्तहरुको बर्गिकरण गर्दै त्यहिअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ ।

साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको विदाई गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए । यस बर्ष ५ हजारको हाराहारीमा साधुसन्तहरु पशुपतिनाथमा आएको उनले बताए।

महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति राममन्दिर, मृगस्थलीको गोरखनाथ मन्दिर उमाकुण्ड लगाएतका स्थानमा साधुसन्तलाई राखी खाने, बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो । महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।
हेर्नुहोस् भिडियो:

;




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *