रिसाएको कुखुराको भालेले मान्छे मार्‍यो !

डिसी नेपाल
८ फागुन २०७९ १५:१३
9.8k
Shares

काठमाडौं । अमेरिकी जातको एउटा भाले अचानक हिंसक बन्यो र एक व्यक्तिको हत्या गर्यो। कुखुराले मारेका व्यक्ति मुटुका बिरामी थिए । यो घटना गत वर्षको हो तर छानबिन समितिको प्रतिवेदनमा नयाँ तथ्य बाहिर आएको छ । मृतकको छिमेकीले मानिसलाई बचाउन खोजेका थिए तर असफल भए।

द आयरिश एक्जामिनरले न्यायिक छानबिनको आधारमा आफ्नो रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टका अनुसार ज्यास्पर क्रसलाई २८ अप्रिल २०२२ मा ब्राह्मा कुखुराले आक्रमण गरेको थियो । ज्यास्पर किल्होर्निया, आयरल्याण्डका बासिन्दा थिए।

घटनाका साक्षी तथा जास्परका छिमेकी कोरी ओकिफेले भने–उनी कराउँदै थिए, मैले उनको खुट्टा रगतले लतपतिएको देखेँ । उनको खुट्टाबाट लगातार रगत बगिरहेको थियो ।

कोरीले कुखुराको यस्तो कार्य देखेर आफू छक्क परेको बताए । उनले तुरुन्तै आकस्मिक नम्बरमा फोन गरे । कोरीका अनुसार उनले क्रसको घाउमा पट्टी लगाए, २५ मिनेट सीपीआर दिए, कुरा गरे । करिब २५ मिनेटपछि एम्बुलेन्स आइपुग्यो ।

कोरी त्यो दृश्य सम्झेर काँपे र भने कि जब ज्यास्पर क्रस होशमा फर्के, उनले एउटा शब्द भने – रोस्टर । यसको अर्थ कुखुराको भाले हो।

घटनास्थलमा पुगेका अधिकारीहरूले ज्यास्पर क्रस भान्साको भुइँमा रगतले लतपतिएको अवस्थामा रहेको बताए । उनको खुट्टाको पछाडि ठूलो घाउ थियो । जास्परलाई ‘ब्रउह्मा’ प्रजातिको भालेले आक्रमण गरेको थियो ।

अनुसन्धानका क्रममा डा रमजान शतवानले ज्यास्परको अनुहार रगतले लतपतिएको बताए । हृदयघातका कारण ज्यास्परको मृत्यु भएको चिकित्सकले दाबी गरेका छन् ।

मृत्युपछि ज्यास्परको शव पोस्टमार्टमका लागि लगिएको थियो । उनको पोस्टमार्टम युनिभर्सिटी कलेज अस्पतालमा भएको थियो ।

ज्यास्परकी छोरी वजिर्नियागुनेनले उनका पिताको मृत्यु भएको खबर छिमेकी कोरीले दिएका थिए । सुनुवाइका क्रममा वजिर्नियाले भनिन् कि जुन दिन उनको बुबाको मृत्यु भयो, उनी उनलाई किनमेलका सामानहरू दिन गएकी थिइन्। यही कुखुराले आफ्नी छोरीलाई पनि आक्रमण गरेको उनले बताइन् ।

वजिर्नियाले भनिन् कि उनका बुबा धेरै रोगबाट पीडित थिए। उनको मुटुको अवस्था ठिक थिएन । उनी क्यान्सर र मृगौला फेलबाट पनि पीडित थिए । उनले धेरै किसिमका औषधि खाइरहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *