अमेरिकाको धातु उत्पादन कारखानामा विस्फोट
वासिङ्टन। अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको बेडफोर्डमा सोमबार भएको विस्फोटमा एक जनाको मृत्यु भएको तथा १३ जना घाइते भएका सरकारी अधिकारीले पुष्टि गरेका छन्।
तामा मिश्रित धातु उत्पादन गर्ने सुम्यान एण्ड कम्पनीमा उक्त विष्फोट भएको हो। विष्फोटमा घााइते भएका सबैलाई अस्पताल लगिएकोे अग्नि अधिकारीहरूले बताएका छन्। विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनीहरूले जनाएका छन्।
सुम्यानको भौतिक संरचनामा व्यापक क्षति भएको छ। विष्फोटपछि बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो। उक्त क्षेत्रका धेरै स्थानीयले त्यसबारे गुनासो गरेका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment