रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशलाई सम्बोधन गर्ने

डिसी नेपाल
९ फागुन २०७९ १४:३३

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशलाई सम्बोधन गर्ने भएका छन् ।

यो विश्वास गरिन्छ कि पुटिनले युक्रेनमा चलिरहेको रुसी अपरेशनको बारेमा बोल्न सक्नेछन्।

युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पूरा भएको छ ।

एक दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको अचानक भ्रमण गरेका थिए ।

रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले आफ्नो सम्बोधनमा के भन्न सक्छन् भन्ने जानकारी दिए।

पुटिनले युक्रेनमा रुसको सैन्य कारबाहीको वर्तमान अवस्थाबारे बताउन सक्ने विश्वास गरिन्छ।

यसअघि पुटिनले नयाँ वर्षको अवसरमा दिएको वार्षिक सम्बोधनमा रुसी जनतालाई सम्बोधन गरेका थिए ।

यस सम्बोधनमा पुटिनले रुसलाई नायक र पश्चिमी देशलाई खलनायकको रुपमा प्रस्तुत गरेका थिए ।

पुटिनले नेपाली समय अनुसार दिउँसो पौने ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *