एक हजार क्लबमा पठान

डिसी नेपाल
१० फागुन २०७९ ९:२२
100
Shares

काठमाडौँ। बलिउडका बादशाह शाहरुख खान अभिनित पठान एक हजार करोडको क्लबमा प्रवेश गरेको छ।

सोमबारसम्म ९९६ करोड संकलन गरेको उक्त फिल्मले मंगलबार अन्ततः १ हजार करोडमा प्रवेश गरेको हो। १ हजार करोडमा प्रवेश गर्ने पठान हिन्दी सिनेमामा पहिलो भएको यशराज फिल्मले जनाएको छ।

गत २५ मा रिलिज भएको चलचित्र पठान अहिले पनि सिनेमा हलहरुमा चलिरहेको छ। उक्त सिनेमा शाहरुखका साथमा दिपिका पादकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ ।

करिब ४ बर्ष पछि ठुलो पर्दामा आएका शाहरुखले आफुलाइ ‘बलिउड बादशाह’ को छबीलाइ पुष्टी गरेको बलिउड समिक्षकहरुले बताउँन थालेका छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *