३०० यात्री लिएर अमेरिकाबाट आउँदै गरेको जहाजको इन्जिनबाट इन्धन लिक !

डिसी नेपाल
१० फागुन २०७९ १०:५५

काठमाडौं । अमेरिकाको नेवार्क (न्यू जर्सी)बाट करिब तीन सय यात्रु बोकेर दिल्लीका लागि उडेको एयर इन्डियाको ‘एआई–१०६’ उडानलाई स्टकहोम (स्वीडेन)मा आकस्मिक अवतरण गर्नुपरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार विमानको एउटा इन्जिनबाट तेल चुहावट भएपछि आपतकालीन कदम चाल्दै विमानलाई स्टकहोमतर्फ डाइभर्ट गर्नुपरेको थियो।

आकस्मिक अवतरणलाई ध्यानमा राख्दै स्टकहोम एयरपोर्टमा धेरै फायर इन्जिनहरू तैनाथ गरिएको बताइएको छ।

तर, कसैको पनि क्षति भएको खबर भने आएको छैन । विमानमा सवार सबै यात्रु सकुशल रहेको दाबी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *