बाल क्लबको सक्रियताले कुशेमा घट्दै बालविवाह

डिसी नेपाल
१० फागुन २०७९ १२:३२
32
Shares

सुर्खेत। जाजरकाेट कुशे गाउँपालिकामा बालविवाह रोक्नका लागि यहाँका बाल क्लवहरुको सक्रियता भारी मात्रामा बढेको छ।  पालिका भित्रका सबै वडाहरुमा रहेको बाल क्लबको सक्रियतामा सबै खालका बालविवाह रोकिने क्रम बढेको छ। विद्यालय वा अन्य ठाउँमा समेत बालविवाह रोक्नका लागि आफूहरु सक्रिया रहेको जुरेली सामुदायिक बाल क्लबकी अध्यक्ष प्रतिमा रोकायले जानकारी दिइन्।

बालविवाह रोक्दा आफूलाई धेरै ठाउँबाट दबाब समेत आएको उनको भनाइ छ। बालविवाह रोक्नका लागि काम गर्दा आफूलगायत आफ्ना घरमा रहेका आमा, बाबासँग समेत बिहे गरेर भागेकाहरुले बोलचाल बन्द नै गरेको प्रगतिशील बाल क्लव कुशे ४ का अध्यक्ष रविन्द्र आचार्यले बताए।

बालविवाह रोक्नका लागि कुशे गाउँपालिकामा वडा बालअधिकार समिति, नागरिक समाज सञ्जाल , स्थानीय बालअधिकार समिति र बालमैत्री स्थानीय शासन वडा समितिसमेत सक्रिय रहँदै आएको  प्रहरीले बताएको छ। प्रहरीले गरेको प्रहरी साझेदारी कार्यक्रममा समेत बाल क्लवको सक्रिय सहभागीता रहँदै आएको छ।

कुशेमा ५२ वटा बालक्लब, ९ वटा बाल अधिकार समिति, १ वटा नागरिक समाज सञ्जाल बालविवाह रोक्ने काममा सक्रिय रहेको पहाडी क्षेत्र विकास अभियान बालसंरक्षण, बालअधिकार शासन परियोजना संयोजक जीतेन्द्रबहादुर बुढाले बताए।

एक वर्षभित्र कुशेमा बाल क्लको सक्रियातका बिभिन्न निकायको सहयोगमा कुशे १ नम्वर ५ वटा बालविवाह रोकिएका छन्। त्यस्तै वडा नम्बर २ मा ३ वटा, वडा ३ मा १ वटा , वडा नम्बर ४ मा २ वटा , वडा नम्बर ५ मा १ वटा बालविवाह रोकिएको बुढाले बताए । त्यस्तै वडा नम्बर ६ मा १ , वडा नम्बर ७ मा ३ वटा , वडा नम्बर ८ मा ५ र वडा नम्वर ९ मा १० वटा बालविवाह रोकिएको उनले बताए।

बुढाका अनुसार बाल क्लवकै सक्रियतामा गाउँपालिका भरी बालश्रम गर्न बाध्य पारिएका बालबालिकालाई श्रमबाट छुट्कारा समेत गराएको छ। वडा नम्वर २ मा ३ वटा , वडा नम्बर ३ मा वटा , वडा नम्बर ७ मा ५ वटा  , वडा नम्वर ८ मा ४ वटा र वडा नम्बर ९ मा २ वटा बालश्रमका घटनाहरु सार्वजानिक भएलगत्तै समस्य समाधान गरिएको गाउँपालिकास्तरीय बाल सञ्जालका अध्यक्ष दाना सिंहले जानकारी दिइन्।

बालविवाह गरेर बाल क्लवको सक्रियामा उक्त बिहे रद्द गरिएकामध्ये ९६.१५ प्रतिशत विद्यालयमा नियमित आउनेदेखि दैनिक शैक्षिक क्रियाकलापमा सहभागी भएको सञ्जालका अध्यक्ष सिंहले बताइन्। सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानको साझेदारीमा कुशे गाउँपालिकाका-२ वटा वडाहरुमा बालमैत्री वडा घोषणा गरिएको छ।

पालिकाको वडा नम्बर १ र ९ लाइ बालमैत्री स्थानीय शासन कार्यान्वन निर्देशिका २०७८ एवं घोषणा कार्यविधि २०७९ बमोजिम ५१ वटा सूचक पूरा गरी उक्त घोषणा गरिएको हो। त्यस्तै गाउँपालिकाले वडा नम्बर ५ र ४ लाई २०८० भित्र घोषणा गर्ने लक्ष्य राखिएको रमेश खड्का मगरले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *