‘यो चिसो रात’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)
काठमाडौँ। लोकप्रिय गायक प्रताप दास र लोकप्रिय गायिका दीपा सुहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको प्रेमिल गीत ‘यो चिसो रात’ सार्वजनिक गरिएको छ।
गीतकार बिकास राई ‘नाकिहो’ को शव्द तथा दीपा सुहाङको संगीतमा सजिएको प्रेमिल गीत ‘यो चिसो रात’ भ्यालेन्टाईन डे को अवसर परेर प्रेम जोडीहरुलाई समर्पित गर्दै सार्वजनिक गरिएको हो।
महाराज थापाको संगीत संयोजनमा ए प्लस रेकर्डिङ स्टुडियोमा कुशल थापाले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ साजन साहले गरेका हुन्।
निर्मल सुब्बाको सहायक छायांकनमा छायांकन, सम्पादन सहित इसाक जबेगुले तायार पारेको भिडियो गायीका दीपा सुहाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment