रुस–युक्रेन युद्धको एक वर्ष पूरा भएपछि राष्ट्रसंघमा विशेष प्रस्ताव

डिसी नेपाल
१० फागुन २०७९ १४:५५
28
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा यसै साता रुस र युक्रेन युद्ध सम्बन्धी प्रस्तावमाथि मतदान हुँदैछ । यसमार्फत युक्रेनमा शान्ति स्थापना गर्ने उपायमा जोड दिइनेछ ।

यो प्रस्तावको मस्यौदा युक्रेनले तयार पारेको हो, जसमाथि महासभामा छलफल हुनेछ । महासभाको विशेष आकस्मिक अधिवेशनको अन्त्यमा यो प्रस्तावमाथि मतदान हुनेछ । बुधबार दिउँसोदेखि सुरु भएको यो सत्र बिहीबारसम्म चल्नेछ ।

युक्रेन सम्बन्धी संयुक्त राष्ट्रसंघको मस्यौदा प्रस्तावमा मतदान हुनुअघि फ्रान्सेली कूटनीतिक स्रोतले यस विषयमा भारत सरकारसँग सम्पर्कमा रहेको तर भारतले यो मतदानमा भाग लिनेमा खासै आशा नरहेको बताएको छ ।

संयुक्त राष्ट्र महासभाले यस हप्ता यो मस्यौदा प्रस्तावमा मतदान गर्नेछ, जसमा युक्रेनमा शान्ति स्थापना गर्ने प्रयासलाई जोड दिइनेछ। के भारतले संयुक्त राष्ट्र महासभामा रूस-युक्रेन युद्धमा मतदान गर्नबाट पन्छिन्छ ? भनेर सोध्दा यसमा उनले भारतले कुनै पनि पक्ष नरोज्ने बताए ।

फ्रान्सेली कूटनीतिक स्रोतले भनेको छ कि यो सधैं सन्तुलनको प्रश्न हो। हामी भारत सरकारसँग सम्पर्कमा छौं। यो चरणमा सरकारको अडान के हुन्छ थाहा छैन । यो धेरै सम्भावना छ कि उसले (भारत) आफैंलाई यसबाट टाढा राख्छ तर हामी यसमा काम गरिरहेका छौं। यस विषयमा हामीले उनीहरूसँग कुरा गरेका छौं। यसमा कुनै गोप्य एजेण्डा छैन । यो उनीहरुको निर्णय हो ।

भारतले सुरक्षा परिषद्, महासभा र मानवअधिकार परिषद्लगायत संयुक्त राष्ट्र संघमा रुस–युक्रेन युद्धसँग सम्बन्धित प्रस्तावहरूबाट दूरी कायम गर्दै आएको छ ।

भारतले रुस र युक्रेनलाई पटकपटक कूटनीति र वार्ताको बाटोमा फर्किन आह्वान गरेको छ । रुस–युक्रेन मामिलामा भारतको ठूलो भूमिका रहेको उल्लेख गर्दै उनले फ्रान्स र भारतबीच निकै लाभदायी साझेदारी रहेको बताए । तर, युक्रेन मुद्दामा फ्रान्स, ईयू र भारतको भने एउटै अडान छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *