चीनका शीर्ष कूटनीतिज्ञले रुसलाई भने– दुई देशबीचको सम्बन्ध चट्टानजस्तै बलियो छ

डिसी नेपाल
१० फागुन २०७९ १६:३९

काठमाडौं । चीनका उच्च कूटनीतिज्ञ वाङ यीले मंगलबार मस्कोमा रुसको राष्ट्रिय सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभसँग भेटवार्ता गरेका छन् ।

बैठकपछि जारी आधिकारिक विज्ञप्तिमा ‘शान्ति र स्थायित्व’ प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको बताइएको छ । तर, यो बैठक युक्रेनमा रुसले आक्रमण गरेको ठीक एक वर्षपछि भएको हो ।

वाङ यीले राष्ट्रिय सुरक्षा परिषद्का सचिवलाई दुई देशबीचको सम्बन्ध चट्टानजस्तै बलियो रहेको बताए।

संयुक्त विज्ञप्तिमा भनिएको छ कि उनीहरू ‘शीतयुद्ध सुरु गर्ने मानसिकता’ को विरोध गर्छन्। तर, चीनले युक्रेन युद्धमा सहयोग गर्न रुसलाई दोहोरो प्रविधि दिएको आरोप लागेको छ ।

यसैबीच युक्रेनविरुद्धको युद्ध अन्त्य गर्न अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । तर चीन र रुसले कुनै पनि किसिमको दबाब सहन नसक्ने बताउँदै आएका छन् ।

दुबै देशले भनेका छन्, “उनीहरूले सबै प्रकारका धम्कीको विरोध गर्छन्।” याङ यीले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गर्नेछन्। त्यसपछि उनले राष्ट्रपति पुटिनसँग भेट गर्नेछन् ।

पश्चिमी देशहरूले रुसमाथि प्रतिबन्ध लगाएपछि चीन रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । चीनले रुसलाई हतियार र गोलाबारुद पठाउने तयारी गरिरहेको अमेरिकाले जनाएको छ । यद्यपि चीनले अमेरिकाको यो आरोपको कडा विरोध गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *