श्रीलङ्काको कोलम्बो पोर्ट सिटीले ८७ हजार रोजगारी सिर्जना गर्ने

डिसी नेपाल
१० फागुन २०७९ २२:०८

कोलम्बो । श्रीलङ्काको कोलम्बो पोर्ट सिटीले आगामी केही वर्षहरूमा करिब ८७ हजार रोजगारीका अवसरहरू सिर्जना गरिने भएको छ । विदेशमन्त्री अली साब्रीले बुधबार संसद्मा सो कुरा बताएका हुन् । श्रीलङ्कालाई आर्थिक हब बनाउन यो परियोजनाले ठूलो भूमिका खेल्ने साब्रीको विश्वास छ ।

मन्त्रीले कोलम्बो बन्दरगाह देशको निर्यातमुखी अर्थतन्त्रको केन्द्र बन्ने र श्रीलङ्काले विगतबाट पाठ सिकेर अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने र पोर्ट सिटी आयोजनालाई देशको विकासको आश्रयस्थल बनाउने पनि उल्लेख गरेका छन् । कोलम्बो पोर्ट सिटी इकोनोमिक कमिसन ऐनमाथिको संसदीय बहसमा मन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *