शबाब लडाकूहरूद्वारा १० सर्वसाधारणको हत्या

डिसी नेपाल
१० फागुन २०७९ २२:४३

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा रहेको एक आवासीय भवनमा मङ्गलबार साँझ सोमाली सुरक्षा बलहरूले अल–शबाब लडाकूहरूले गरेको १० घण्टा लामो घेराबन्दी अन्त्य गरेको छ ।

उक्त झडपमा १० जना सर्वसाधारणको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार सुरक्षा अधिकारीसहित सात जना घाइते भएको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा बलहरूले चार जना आक्रमणकारीलाई गोली हानी मारेको छ।’ मङ्गलबार दिउँसो चरमपन्थीहरूले मध्य सोमालियामा सैनिक कारबाहीमा घाइते भएर उपचार गराइरहेका सरकार समर्थक मिलिशियाहरू बस्ने आवासीय भवनमा आक्रमण गरेका थिए । आफू समर्थित सञ्चारमाध्यमहरू मार्फत पछिल्लो आक्रमणको जिम्मेवारी लिने अल–शबाबले आफ्ना लडाकुहरूले सैनिक र सर्वसाधारणसहित कम्तीमा ७० जनाको ज्यान गएको दाबी गरेको छ ।

सरकार समर्थक मिलिशियाको समर्थनमा रहेको सोमाली सरकारले शबाब लडाकूहरूलाई उनीहरू लुकेको ठाउँहरूबाट हटाउन मध्य सोमालियामा संयुक्त कारवाही सञ्चालन गरिरहेको छ । गत वर्ष राष्ट्रपति हसन शेख मोहम्मदले विद्रोहीविरुद्ध सर्वत्र युद्धको घोषणा गरेपछि सरकारी सेनाले अल–शबाबविरुद्धको आक्रमणलाई तीव्र बनाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *