ताजिकिस्तानमा ७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प !
काठमाडौं । ताजकिस्तानमा आज बिहान स्थानीय समयअनुसार ८:३७ बजे करिब ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । यो भूकम्प १० किलोमिटर (६ माइल) गहिराइमा आएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले बिहीबार चीनको भूकम्प नेटवर्क केन्द्रलाई उद्धृत गर्दै जनाएको छ।
भूकम्पको केन्द्रविन्दु चीनसँगको निकटतम सीमानाबाट करिब ८२ किलोमिटर टाढा रहेको समाचारमा जनाइएको छ । यो भुकम्पको धक्का सिनजियाङ क्षेत्रको पश्चिमी भागमा पर्ने काशगर र आर्टक्समा कडा रूपमा महसुस गरिएको सीसीटिभीले रिपोर्ट गरेको छ।
सीसीटिभीका अनुसार, भूकम्पको केन्द्रको ५ किमी भित्रको औसत एलिभेसन लगभग ४,६५५ मिटर छ। भूकम्पबाट भएको क्षतिको विवरण अझैसम्म प्राप्त भइसकेको छैन ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment