कांग्रेसले जयशंकरलाई भन्यो- ‘असफल’ विदेशमन्त्री, सेनाको अपमान गरेको आरोप

डिसी नेपाल
११ फागुन २०७९ १०:४३

काठमाडौं । भारतीय कांग्रेसले चीनका सम्बन्धमा भारतका विदेशमन्त्री एस. जयशंकरको भनाइको जवाफ दिँदै उनलाई ‘असफल मन्त्री ’ भनेको छ ।

कांग्रेसले जयशंकरको चीनबारे उनले दिएको बयानले भारतीय सेनाको बहादुरीको अपमान गरेको र उसको मनोबल गिराएको बताएको छ।

कांग्रेस प्रवक्ता सुप्रिया श्रीनेतले पत्रकार सम्मेलनमा भनिन्, “जयशंकरले भनेका थिए कि भारत सानो अर्थतन्त्र हो र चीन ठूलो अर्थतन्त्र हो। हामी एक्कासी गएर लड्न सक्दैनौं। जयशंकरको यो भनाइ एकदम ‘अपमानजनक’ छ।”

श्रीनेतले भनिन् कि जयशंकरले भारतको विदेश नीतिलाई फोटो-अप घटनाहरू र छाती ठोक्ने बयानहरूमा सीमित गरेका छन् । यो सबै व्यवसायीलाई ठेक्का दिनका लागि भइरहेको छ ।

श्रीनेतले भनिन्, “जयशंकरले यो कथन दिएका छन्, के सोचेर दिएका छन् । के हामीले आफ्नो क्षेत्रीय सार्वभौमसत्ताको रक्षा गर्न सकिरहेका छैनौँ भनेर उनले भनेका हुन्।”

उनले जयशंकर ‘असफल’ विदेशमन्त्री भएको बताइन् । श्रीनेतले भनिन्, “जयशंकरले भारतीय सेनाको मनोबल घटाउँदै छन् र यसको बहादुरीको अपमान गरिरहेका छन्। यो विदेशमन्त्रीको सबैभन्दा अपमानजनक बयान हो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *