पाँच हजार सैनिक भर्ती गर्दै बुर्किनाफासो

डिसी नेपाल
१२ फागुन २०७९ १३:१९
60
Shares

उगादुगुउ। बुर्किनाफासोले जिहादीहरूसँग लड्न थप हजार सैनिक भर्ती गर्ने घोषणा गरेको छ। कम्तीमा पाँच वर्षसम्म सेनामा सेवा गर्न उनीहरूलाई भर्ती गर्ने योजनाका साथ नयाँ भर्ती अभियान घोषणा गरिएको हो।

संसारको गरिब मध्येको एक देश बुर्किनाफासो सन् २०१५ देखि विद्रोही आक्रमणविरुद्ध लडिरहेको छ। रक्षामन्त्री कर्णेल मेजर कासौम कुलिबालीका अनुसार राष्ट्रिय सशस्त्र बलमा उनीहरूलाई समावेश गरिनेछ। यही फेब्रुवरी २८ देखि भर्ती प्रक्रिया प्रारम्भ हुनेछ । एक वर्षभन्दा कम अवधिमा बुर्किनाफासोको सेनाले सैन्य भर्ती अभियान आयोजना गरेको यो तेस्रो पटक हो।

पश्चिमी बाउकल डु मौहौन क्षेत्र र उत्तरमा साहेल बुर्किनाफासोका १३ वटा क्षेत्रमध्ये हिंसाबाट अधिक प्रभावित छन्। बितेका सात वर्षमा एक हजारभन्दा बढी नागरिक र सैनिक मारिएका छन् भने करिब २० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। देशको ४० प्रतिशत भूभाग अतिवादी समूह अल–कायदा र इस्लामिक समूहसँग सम्बद्ध जिहादीको नियन्त्रणमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *