ओस्कारले बनायो क्राइसिस टिम
लसएञ्जल्स। ९५औं संस्करणको ओस्कार अवार्ड १२ मार्चमा लसएञ्जल्समा हुँदैछ। यही बीच एकेडेमी अफ मोसन पिक्चर आर्टस एण्ड साइन्सका प्रमुख कार्यकारी बिल क्रेमरले ओस्कर २०२३ का लागि क्राइसिस टिम बनाउने घोषणा गरेका छन्।
सन् २०२२ मा विल स्मिथ र क्रिस रकको थप्पड काण्डपछि ओस्कारले नयाँ नियम बनाएको हो। अवार्ड आयोजकले अवार्डमा विवादास्पद गतिविधि नियन्त्रणका लागि यो नीति ल्याएको हो।
‘हामीसँग क्राइसिस टिम छ । यसका लागि हामीलाई आशा छ कि कुनै विवाद भएमा हाम्रो टिम तयार छ। हामीले केही योजना बनाएका छौं, जसका बारेमा हामी कोहीले ध्यान दिएका छौं’, अध्यक्ष बिलले भने।
उनले स्मिथ र क्रिसको थप्पड काण्ड पछि आयोजकले ओस्कारमा हुने सभ्भावित घटनालाई मध्यनजर गर्दै क्राइसिस टिम बनाएको उल्लेख गरेका छन्।
‘क्राइसिस कम्युनिकेश टिम अवार्डको समयमा हुने कुनै पनि घटनामा उपस्थित हुनेछ। कुनै घटना भयो भने हामी एक्सन लिने छौं । यद्यपि यस्तो केही नहोस र हामी यो टिमको प्रयोग गर्न बाध्य हुनु नपरोस’, अध्यक्ष क्रेमर भनेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment