टोयोटा र होन्डाले कर्मचारीको तलबमा कीर्तिमानी वृद्धि गर्ने घोषणा गरे

डिसी नेपाल
१३ फागुन २०७९ १०:२९

काठमाडौं । जापानी मोटर कम्पनी टोयोटा र होन्डाले जापानमा आफ्ना कर्मचारीको तलबमा कीर्तिमानी वृद्धि गर्ने बताएका छन् । यो विगत केही दशकयताकै सबैभन्दा ठूलो तलबवृद्धि हुनेछ ।

विश्वको तेस्रो ठूलो अर्थतन्त्रमा मूल्यवृद्धिलाई ध्यानमा राख्दै तलब वृद्धि घोषणा गर्ने कम्पनीको सूचीमा टोयोटा र होन्डा पनि परेका छन् ।

आधिकारिक तथ्याङ्क अनुसार जापानमा मुद्रास्फीति विगत ४० वर्षयताकै उच्च स्तरमा पुगेको छ । यसले त्यहाँका कम्पनी र सरकारलाई जनतालाई सहयोग गर्न दबाब बढाएको छ ताकि उनीहरूको घट्दै गएको खर्च क्षमतालाई सम्हाल्न सकियोस्।

जापानमा प्रत्येक वर्ष, कम्पनीहरूले सामान्यतया तलब वृद्धिको घोषणा गर्नु अघि कर्मचारी युनियनहरूसँग वार्ता गर्छन्, र यो काम प्राय: मार्च १५ को आसपास गरिन्छ। तर यसपटक कम्पनीहरूले निर्धारित समयभन्दा अगावै तलब वृद्धि घोषणा गरेका छन् ।

यद्यपि, यी कार निर्माताहरूले अहिलेसम्म यो वर्षको घोषणा किन समयभन्दा अगाडि भइरहेको छ भनेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *