जापानको तटमा फेला परेको ठूलो धातुको बल हटाइयो, तर यो के थियो थाहा छैन

डिसी नेपाल
१३ फागुन २०७९ ११:४८
76
Shares

काठमाडौं । जापानको समुद्र तटमा भेटिएको एउटा ठूलो धातुको बल अहिले क्रेनको सहायताले निकालिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार जापानको तटमा फेला परेको यो धातुको बललाई लिएर स्थानीयवासी चिन्तित भएका छन् र यसबारे धेरै अनुमान गरिएको छ ।

जापानी सहर हामामात्सुका स्थानीय अधिकारीहरूले यसलाई “निश्चित अवधिका लागि” भण्डारण गरिने र त्यसपछि “निकासी” गरिने बताएका छन्। धेरैले प्रश्न उठाएका छन् कि जापानी अधिकारीहरूले यसबारे किन स्पष्ट रूपमा बताएनन्, आखिर यो के हो?

स्थानीय पुलिसलाई यस हप्ताको सुरुमा समुद्र तटमा असामान्य वस्तुको बारेमा सूचित गरिएको थियो, जसले गर्दा यो “गडजिल्लाको अण्डा”, “मूरिङ ब्वाय” वा “बाह्य अन्तरिक्षबाट आएको” हुन सक्छ भन्ने अनुमान लगाइएको थियो।

प्रहरी र बम स्क्वाड समेत अनुसन्धानका लागि पठाइएको थियो । अधिकारीहरूले धातुको बललाई घेरा हालेर एक्स-रे गरे, जसबाट मात्रै थाहा भयो कि यसमा घातक केही छैन, तर यस बाहेक यसबारे थप केही थाहा हुन सकेको छैन।

अब यो धातुको बल समुद्र तटबाट हटाइयो । एक स्थानीय अधिकारीले जापानी मिडियालाई भने, “मलाई लाग्छ कि हामामात्सु शहरका सबै चिन्तित थिए र यो के हो भनेर उत्सुक थिए, तर काम सकिएकोमा हामी ढुक्क छौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *