पाकिस्तानले चीनबाट ७० करोड डलर ऋण पाएपछि अमेरिकाले चिन्ता व्यक्त गर्‍यो

डिसी नेपाल
१३ फागुन २०७९ १३:१२

काठमाडौं । चीनले पाकिस्तानलाई ७० करोड डलर ऋण दिएपछि अमेरिकाले यसप्रति चिन्ता व्यक्त गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले चीनले ठूलो ऋणका कारण उत्पन्न परिस्थितिको फाइदा उठाउन सक्ने चिन्ता व्यक्त गरेका छन्।

दक्षिण एसियाका देशहरूलाई औंल्याउँदै लुले भने, “अमेरिकाले यस क्षेत्रका देशहरूसँग कुरा गरिरहेको छ कि उनीहरूले आफ्नो निर्णय आफै लिनुपर्छ र चीन जस्ता अन्य देशहरूको दबाबमा आउनबाठ बच्नुपर्छ।”

अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ऋण लिन पाकिस्तानसँगको वार्ताको बीचमा चीनले यो कदम चालेको हो ।

पाकिस्तानका अर्थमन्त्री इशाक दारले गत साता चाइना डेभलपमेन्ट बैंकसँगको सबै औपचारिकता पूरा भइसकेको र केही दिनभित्रै पाकिस्तानले ७० करोड डलर ऋण पाउने अपेक्षा गरेका थिए ।

शुक्रबार साँझ उनले ट्वीट गर्दै चीनबाट ऋण पाएको जानकारी दिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार डोनाल्ड लुले पाकिस्तान र श्रीलंकालाई औंल्याउँदै भने, “चीनले भारतका छिमेकीहरूलाई ऋण दिइरहेको छ जुन चिन्ताको विषय हो। हामी चिन्तित छौं कि उनीहरूले यसको प्रयोग गरेर फाइदा लिन सक्छन्।”

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको भ्रमण अघि डोनाल्ड लुले यस्तो बताएका हुन् । अर्को महिना हुन लागेको जी-२० देशका विदेश मन्त्रीहरूको बैठकमा भाग लिन ब्लिन्केन १ देखि ३ गतेसम्म भारतको भ्रमणमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *