प्रियंका गान्धीको स्वागतमा २ किमी लामो गुलाबको सडक

डिसी नेपाल
१३ फागुन २०७९ १८:०४
440
Shares

भारत। भारतीय कांग्रेस आईकी नेतृ प्रियंका गान्धीलाई करिब २ किलोमिटरसम्म गुलाबको फूलका सडक बनाएर सजाएर स्वागत गरिएको छ।

पार्टीको तीन दिने ८५ औं अधिवेशनमा भाग लिन शनिबार छत्तीसगढको नयाँ रायपुर पुग्दा उनका समर्थकले २ किलोमिटरसम्म सडकमा गुलाब बिच्छयाएर स्वागत गरेका हुन्। उनीहरुका अनुसार गान्धीको स्वागतमा ६ हजार किलोभन्दा बढी गुलाबको फूल प्रयोग गरिएको थियो।

प्रियंकाको स्वागतका लागि एयरपोर्ट अगाडिको सडकमा गुलाफको फूलको बाक्लो तह बिछ्याइएको थियो। गुलाब फूलले सजिएको सडकका दुबै छेउमा परम्परागत भेषभुषामा सजिएका लोक कलाकारहरुले पनि आफ्नो प्रस्तुति प्रस्तुत दिएका थिए।

गान्धी मुख्यमन्त्री बघेलसँगको कारमा एयरपोर्टबाट निस्किएकी थिइन् । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, प्रदेश कांग्रेस प्रमुख मोहन मरकम र अन्य पार्टी नेताहरूले प्रियंका गान्धी वाड्रालाई स्वागत गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *