गोविन्देको आक्रमणबाट इजरायली नागरिकको मृत्यु
चितवन। रत्ननगर नगरपालिका-६ हात्तीसार नजिक जङ्गली हात्ती गोविन्देको आक्रणबाट इजरायली नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ढुङ्ग्रे खोला छेउमा शुक्रबार दिउँसो हात्तीले आक्रमण गरेको हो। योसँगै चालु आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट छ जनाको मृत्यु भएको छ।
बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट दुई र गैँडाको आक्रमणबाट तीनको मृत्यु भएको निकुञ्जले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment