किसानले ५१२ किलो प्याज बेचेर दुई रुपैयाँ मात्रै पाए

डिसी नेपाल
१४ फागुन २०७९ १०:४८

काठमाडौं । भारतको महाराष्ट्रको सोलापुरमा राजेन्द्र चव्हाण नामका किसानले पाँच क्विन्टल अर्थात् ५०० किलो प्याज बेचेर मात्र दुई रुपैयाँको चेक पाएका छन् ।

बोरगाउँका राजेन्द्र तुकारामले दश बोरा प्याज पठाए पनि हातमा दुई रुपैयाँको मात्रै चेक पाए । चेक पाएपछि सर्वत्र आक्रोश पोखिएको छ भने किसानले आत्महत्या गर्ने धम्की दिएका छन् ।

उनले दुई एकड जमिनमा प्याज रोपेका थिए । फेब्रुअरी १७ मा राजेन्द्र १० बोरा प्याज बेच्न सोलापुर गएका थिए । दश बोरा प्याजको तौल ५१२ केजी भए पनि प्याजको मूल्य घटेपछि राजेन्द्रले प्रतिकिलो १ रुपैयाँ पाए ।

प्याज ल्याउन, छँटनी गर्न र तौलने खर्च कटाएपछि राजेन्द्रको हातमा दुई रुपैयाँ मात्रै बाँकी थियो ।

मनसुन प्याज फेब्रुअरीको अन्त्यमा आउन थाल्छ। यो प्याज चिसोका कारण भण्डारण गर्न सकिँदैन। त्यसैले पनि यो प्याजको मूल्य राम्रो छैन ।

प्याजको मूल्य थोक बजारमा प्रतिकिलो ६ देखि ७ रुपैयाँ छ भने खुद्रा बजारमा २० देखि ३० रुपैयाँसम्म छ ।

घरमा प्रयोगका लागि भण्डारण गर्न सुक्खा प्याज मात्रै चाहिने भए पनि हाल बजारमा पाइँदैन । यो सुक्खा प्याज मार्चको दोस्रो साता बजारमा आउने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *