नाइजेरियामा राष्ट्रपति चुनावको मतगणना सुरु, नतिजा आउन केही दिन लाग्न सक्ने

डिसी नेपाल
१४ फागुन २०७९ ११:५९

काठमाडौं । नाइजेरियामा सन् १९९९ मा सैन्य शासनको अन्त्यपछिको सबैभन्दा कठिन राष्ट्रपतीय निर्वाचनमा मतगणना भइरहेको छ ।

यो निर्वाचनमा मतदानको प्रतिशत निकै राम्रो छ । शनिबार पनि मतपेटिका लुट्ने र मतदान केन्द्रमा हतियारधारीले आक्रमण गरेको छिटपुट खबर आएको छ ।

केही दलले अनियमितता भएको आरोपमा चिन्ता व्यक्त गरेका छन् ।

अफ्रिकामा ८७० मिलियन मतदाता छन्। २४ वर्षअघि प्रजातन्त्रको पुनर्स्थापना भएदेखि अहिलेसम्म नाइजेरियाको राजनीतिमा दुईवटा पार्टीको वर्चस्व रहेको छ। यसमा सत्तारुढ अखिल प्रगतिशील कांग्रेस (एपीसी) र पीडीपी सामेल छन्।

तर यस पटक राष्ट्रपति मुहम्मदु बुहारीको उत्तराधिकारीको दौडमा लेबर पार्टीका पिटर ओबीको कडा चुनौती छ। उनलाई मन पराउने युवाहरुको संख्या उल्लेख्य छ ।

हजारौं मतदान केन्द्रहरूमा मतगणना भइरहेको छ जुन अन्ततः राजधानी अबुजाको चुनाव मुख्यालयमा पठाइनेछ।

सन् १९६० मा बेलायतबाट स्वतन्त्र भएदेखि नै नाइजेरियाले धेरै विद्रोह र धाँधली भएको चुनाव देखेको छ। यी चुनावमा खतरनाक क्षेत्रीय र राजनीतिक मतभेद सतहमा आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *