लमजुङमा कोभिड–१९ विरुद्ध दोस्रो बुस्टर खोप लगाइँदै
लमजुङ। कोभिड–१९ संक्रमणको जटिलतालगायतको आंकलन गर्दै स्वास्थ्य कार्यालय लमजुङले कोभिडविरुद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप अभियान सञ्चालन गर्ने भएको छ।
यही फागुन १६ गतेदेखि जिल्लाका चारवटा पालिकामा दोस्रो बुस्टर खोप सञ्चालन गरिने भएको हो। तेस्रो मात्राको खोप लगाएको ६ महिना पुगेका ५५ वर्ष माथिका नागरिक, स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दीर्घरोगी, गर्भवती, रोगप्रतिरोधक क्षमता कम भएकालाई दोस्रो बुस्टरका रुपमा चौथो मात्राको खोप दिइनेछ।
पहिलो चरणमा जिल्लाको बेंसीसहर र सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जानकारी दिए।
यी पालिकामा खोप अभियान सञ्चालन गर्नका लागि प्रदेश स्वास्थ्य कार्यालयबाट १२ हजार मात्रा वाई भायोलेन्ट खोप आइसेको छ। चारवटा पालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट खोप सञ्चालन गरिने दवाडीले बताए।
दोस्रो बुस्टरका रुपमा फाइजर बायोएनटेक खोप बेंसीसहर बजारमा एकहजार ९१ जनालाई लगाईसकिएको स्वास्थ्य कार्यालयले जनाएकोछ । जिल्लामा पहिलो बुस्टर मात्रा ९० हजार ८ सय २३ जनाले लगाएका छन्।
पहिलो खोप मात्रा १ लाख २३ हजार ३ सय ३ र दोस्रो खोप मात्रा १ लाख १९ हजार ८ सय ६७ जनाले लगाएका थिए । तीन चरणको खोप खोप लगाएपछि बुस्टर भनिन्छ।
वाई भायोलेन्ट खोप कोभिडको नयाँ स्ट्रेनविरुद्घ प्रभावकारी रहेको स्वास्थयकर्मीहरुले बताएका छन्। प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थयकर्मीहरुलाई आग्रह गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment