गायक बिक्रमको नयाँ गीत ‘कुटुमा कुटु’को भिडियो रिलिज
काठमाडौँ। गायक तथा सङ्गीतकार बिक्रम कालिकोटेको नयाँ गीत ‘कुटुमा कुटु’को भिडियो रिलिज भएको छ। कालिकोटेको स्वर तथा संगीत रहेको यस गीतमा किरण माइकलको शब्द रचना रहेको छ।
पप आधुनिक फ्लेवरको गीतमा रुचि राख्ने बिक्रमले यसअघि पाँच दर्जनबढि गीतमा स्वर दिएका छन् भने सयौँको सङ्ख्यामा सङ्गीत भरेका छन्। सार्वजनिक गीतको बारेमा बोल्दै बिक्रमले यो गीत संगीतको हिसाबमा रोमान्टिक र शब्द हिसाबमा भावुक भएको बताए। उनले भने, ‘यो गीतले युवापुस्तामाझ प्रेमको सन्देश छौड्छ। प्रेममा हुने सानातिना गल्तीहरुलाई लिएर समस्या उत्पन्न गर्नुहुँदैन भन्ने भाव बोकेको छ।”
उनले आफुले कुनै पनि गीत सुपरहिट नै हुनुपर्छ भन्ने उद्देश्य नराख्ने बताउँदै आफुलाई दर्शक-श्रोताले मनदेखि सुनुन् भन्ने इच्छा रहेको जनाए।
गीतको भिडियोलाई गायक आफैले निर्देशन गरेका छन् भने उनि आफैले मोडल बिना राउतको जोडी बनेर अभिनय पनि गरेका छन्। भिडियोलाई दिनेश पराजुलीले छायांकन तथा संजय अधिकारीले सम्पादन गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment