पाकिस्तानकी पहिलो ट्रान्सजेन्डर न्यूज एङ्करलाई गोली हानियो

डिसी नेपाल
१४ फागुन २०७९ १५:१५
112
Shares

काठमाडौं । पाकिस्तानकी पहिलो ट्रान्सजेन्डर न्यूज एन्कर मार्भिया मलिक शुक्रबार उनको निवास बाहिर अज्ञात आक्रमणकारीहरूको गोली प्रहारबाट बच्न सफल भएकी छन्। बन्दुकधारीले २६ वर्षीया मलिकलाई पाकिस्तानको लाहोरस्थित फार्मेसीबाट घर फर्किने क्रममा गोली चलाएको थियो । स्थानीय सञ्चारमाध्यमले सो जानकारी दिएका छन् ।

पाकिस्तानमा ट्रान्सजेन्डर समुदायका लागि आवाज उठाएको भन्दै केही समयदेखि धम्की आएको मलिकले प्रहरीलाई बताइन् । उनले आफ्नो “सक्रियता” लाई आक्रमणको पछाडिको कारणको रूपमा उद्धृत गरिन् । द इन्डिपेन्टले यो जानकारी दिएको छ ।

मलिकले आफ्नो ज्यानको डरले लाहोर छोडेर इस्लामाबाद र मुल्तान सरेको बताइन् । पाकिस्तानी मिडिया आउटलेट, द डनले रिपोर्ट गरेको छ कि उनी केही दिन पहिले शल्यक्रियाका लागि लाहोर फर्केकी थिइन्। मलिकले २०१८ मा आफ्नो परिवारबाट “अस्वीकृत” भएपछि समाचार एंकर बन्ने पहिलो ट्रान्सजेन्डर व्यक्ति बनेर इतिहास रचिन् ।

रिपोर्टका अनुसार, उनले पाकिस्तानको कोहिनूर टिभीमा पहिलो ट्रान्सजेन्डर मोडल बनेको केही दिनपछि पाकिस्तान फेसन डिजाइन काउन्सिलले वार्षिक रूपमा आयोजना गर्ने एउटा प्रमुख फेसन शोमा डेब्यु गरेकी थिइन्।

जब उनले २०१८ मा २१ वर्षको उमेरमा देशको पहिलो ट्रान्सजेन्डर टेलिभिजन होस्ट बनेपछि हेडलाइन बनाइन्, उनले मानिसहरूबाट “अत्यधिक” सकारात्मक प्रतिक्रिया प्राप्त गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *