इटलीमा आप्रवासी कामदार बोकेको डुङ्गा पल्टिँदा कम्तीमा २७ जनाको मृत्यु

डिसी नेपाल
१४ फागुन २०७९ १६:१७

काठमाडौं । इटलीको दक्षिणी क्षेत्रमा आप्रवासी कामदार बोकेको डुङ्गा डुबेको छ । यसमा ठूलो संख्यामा मानिसको ज्यान गएको हुनसक्ने सम्भावना छ ।

इटलीबाट आएको मिडिया रिपोर्टले घटनामा मारिएका कम्तीमा २७ जनाको शव निकालिएको जनाएको छ ।

यसमा क्यालाब्रियाको क्रोटोन शहरको समुद्री तटबाट बरामद गरिएका शवहरू समावेश छन्।

त्यहाँ प्रशासनले खोजी तथा उद्धार कार्य गरिरहेको छ ।

एक स्थानीय समाचार एजेन्सीले आफ्नो रिपोर्टमा आप्रवासी कामदारले भरिएको डुङ्गा समुद्रको बीचमा दुई टुक्रा भएको बताएको छ ।

घटनाको विवरण आउन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *