निद्राबाट ब्युझिएपछि श्रीमती पूरै बदलिइन्, श्रीमानलाई नोकर भन्न थालिन्

डिसी नेपाल
१४ फागुन २०७९ १६:३३

काठमाडौं । ३२ वर्षीया महिलाले आफ्नो स्मरणशक्ति गुमाइन् । जब उनी सुतिन्, उनले आफ्नो जीवनको सबै कुरा सम्झेकी थिइन् तर अचानक उनी उठ्ने बित्तिकै उनको स्मरणशक्ति गुम्यो । निद्राबाट ब्यूँझिएपछि श्रीमती पूरै परिवर्तन भएको उनका श्रीमानले बताए । न उनलाई छोरीको केही याद थियो, न आफ्नो पुरानो जीवनको बारेमा। उनले श्रीमानलाई पनि बिर्सिइन् ।

तर पछिल्लो समय उनको स्मरणशक्ति फर्किएको छ । उनले सामाजिक सञ्जालमा आफ्नो स्मरणशक्ति गुमेको र त्यसपछि निको भएको सम्पूर्ण कथा सुनाएकी छिन् । उनको भिडियो टिकटकमा ३० लाखभन्दा बढी पटक हेरिएको छ ।

महिलाको नाम नेश पिल्ले हो । उनी क्यानडाको टोरन्टो निवासी हुन् । गत वर्ष अक्टोबरमा मस्तिष्कमा चोट लागेका कारण नेशले सबै कुरा बिर्सेकी थिइन् । उनले आफ्नी ६ वर्षीया छोरी र श्रीमान् जोहानेस जाकोपलाई पनि चिन्न सकिनन्। कहिलेकाहीं उनले ज्याकपलाई ट्याक्सी ड्राइभर वा नोकर भन्थिन्।

तर, त्यसपछि उनी पनि जाकोपसँग प्रेममा परिन् । उनले जाकोपलाई विवाहको लागि प्रस्ताव गरिन् र जनवरी २० मा एक पटक फेरि आफ्नो पार्टनरसँग नयाँ जीवन सुरु गरिन् । टिकटकमा आफ्नो मेमोरी-रिकभरी यात्रा साझा गर्दै नेशले हालै आफ्नो स्मरणशक्ति फिर्ता आएको बताइन्। २०१९ मा पनि उनीसँग यस्तै भएको थियो, जब उनलाई निको हुन करिब ६ महिना लागेको थियो ।

नेश पिल्ले भन्छिन्- एक दिन जब उनी ओछ्यानबाट उठिन्, उनलाई केहि अनौठो लाग्यो। एक्कासि स्मरणशक्ति गुम्यो । डाक्टरकहाँ गएपछि टाउकोमा चोट लागेकोले स्मरणशक्ति गुमेको बताइयो । वास्तवमा, ९ वर्षको उमेरमा नेशको दुर्घटना भयो, जसले उनको दिमागलाई असर गर्यो।

उनले आफ्नो पुरानो जीवनको ठूलो हिस्सा बिर्सिन्। तर, उनले केही समयको लागि केही कुरा सम्झिन्थिन् । न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार, नेशलाई उनी को हुन् भनेर धेरै पटक सम्झाउनु परेको थियो।

उनको अहिले पनि उपचार भइरहेको छ । उनलाई मदिरा र तनावबाट टाढा रहन भनिएको छ । नेशले कहिलेकाहीँ टाउको दुख्ने र बान्ता हुने गुनासो गर्छिन् । हाल उनी निको भैरहेकी छिन् ।

सामाजिक सञ्जालमा नेश पिल्लेको यो कथालाई धेरैले फिल्मी भनेका छन् । तर, यो त्यति सहज नभएको नेश बताउँछिन् । श्रीमानले दिनरात उनको हेरचाह गर्थे । अभिभावकले पनि पूर्ण सहयोग गरे । डाक्टरहरुले सक्दो प्रयास गरे । यी सबैको मिहिनेतका कारण आज उनी आफ्नो स्मरणशक्ति पुनः प्राप्त गर्न सफल भएकी छिन् । नेशले यसबारे धेरै भिडियोहरू अपलोड गरेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *