अनुगमनमा निस्केका मध्यपुर थिमिका उपप्रमुखमाथि आक्रमण

डिसी नेपाल
१४ फागुन २०७९ १९:००

भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि आक्रमण भएको छ।

आइतबार बिकास निर्माणमा सहजीकरण गर्न पुगेका उपप्रमुख श्रेष्ठमाथि स्थानीयले नगरबासीले आक्रमण गरेको हो। उनलाई नेकपा (एमाले) मध्यपुर थिमि नगर कमिटी सचिव मध्यपुर थिमि नगरपालिका वडा नं. ५ का सुमन जोशीको नेतृत्वको टोलीले आक्रमण गरेको आरोप लगाइएको छ।

नगरको बालकुमारी हात्तीमहाकाल सडक अन्तर्गत वडा नम्बर ४ को दुईपोखरीमा ढुंगा बिछ्याउने कार्यमा अवरोध गरेपछि भएको विवादमा आक्रमण भएको हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मध्यपुर थिमि नगर शिवसुन्दर श्रेष्ठले आइतबार नै विज्ञप्ति प्रकाशित गरी विरोध जनाएका छन्।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठले बिकास विरोधीहरु बिकास निर्माण रोक्न तल्लोस्तरमै उत्रिएको आरोप लगाए। जनताको प्रतिनिधिमाथि आक्रमण गर्नु जनतामाथिकै आक्रमण भएको भन्दै नगर प्रमुख श्रेष्ठले उनीहरुलाई उन्मुक्ति दिन नसकिने बताए। नगरपालिकाले कानुनी कारवाही अघि बढाएको उनले जना ।

जिल्ला प्रहरी वृत्त थिमिका डिएसपी रविन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै वृत्तमा नगरपालिकाले उजुरी दर्ता भएको जानकारी दिए। आरोपीलाई वृत्तमा ल्याउन र अनुसन्धान अघि बढाउँन आफूले निर्देशन दिइसकेको उनको भनाइ छ।

उपप्रमुख विजयकृष्णले बिकास बिरोधीहरु भौतिक आक्रमण मै उत्रनु गुण्डागर्दीको पराकाष्टा भएको बताएका छन्। आफूलाई यसले बिचलित बनाउन नसक्ने र गुण्डागर्दीदेखि नडराई अविचलितरुपमा जनसेवामा जुटिरहने उनको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *