विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित अभ्यास

डिसी नेपाल
१४ फागुन २०७९ २२:५६
16
Shares

काठमाडौं। नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित विमान अपहरण विरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ।

प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा युद्धभैरव गणको विशेष फौजद्वारा उक्त अभ्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सेनाले सुरक्षा योजनालाई अद्यावधिक गर्दै उच्चस्तरको समन्वयका साथ सेनालगायतका सरोकारवाला निकायबीच आ–आफ्नो भूमिकामा असरदाररूपले परिचालन हुन सकोस् भन्ने हेतुले उक्त अभ्यास सञ्चालन भएको जनाएको छ।

अभ्यासमा सेनाका विभिन्न युनिट, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल वायुसेवा निगमलगायतका सरोकारवाला निकायहरूको समन्वय र सहभागिता रहेको रहेको निर्देशनालयले जनाएको छ।

अभ्यासमा जहाज अवतरणदेखि सम्पूर्ण जिम्मेवार निकायसँग समन्वयका साथै अपहरण वा अवाञ्छित तत्वले विमान नियन्त्रणमा लिएको अवस्थामा सशस्त्र हस्तक्षेप र बन्धक उद्धारलगायतका गतिविधि समावेश गरिएको जानकारी दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *