बेपत्ता भएका चिनियाँ अर्बपति बाओ फान कहाँ छन् ? कम्पनीले बतायो

डिसी नेपाल
१५ फागुन २०७९ १२:४७

काठमाडौं । चीनमा बेपत्ता भनिएका अर्बपति बाओ फानको कम्पनी चाइना रेनेसान्स होल्डिङ्सले आफ्ना संस्थापक फानले हाल चिनियाँ अधिकारीहरूले गरिरहेको अनुसन्धानमा सहयोग गरिरहेको दाबी गरेको छ ।

केही दिन अगाडि चाइना रेनेसान्स होल्डिङले आफ्नो सीईओ विगत १० दिनदेखि हराइरहेको बताएको थियो । त्यसपछि यस निजी बैंकिङ कम्पनीको शेयर मूल्यमा करिब ३० प्रतिशतले गिरावट आएको थियो ।

कम्पनीले हङकङ स्टक एक्सचेन्जलाई भनेको छ, “बोर्डले जानकारी प्राप्त गरेको छ कि बाओ फानले हाल केही चिनियाँ अधिकारीहरूले गरिरहेको अनुसन्धानमा सहयोग गरिरहेका छन् । कम्पनीले चिनियाँ अधिकारीहरूको तर्फबाट अनुरोध भएका कुरामा सहयोग प्रदान गर्नेछ।”

चाइना रेनेसान्स होल्डिङ्सले आफ्नो सीईओ बेपत्ता हुनुको कारणलाई चिनियाँ सरकारले गरिरहेको ‘अनुसन्धान’सँग जोडेको यो पहिलो पटक हो। तर, कम्पनीले कुन घटनामा चिनियाँ सरकारले अनुसन्धान गरिरहेको बताएको छैन ।

समाचार एजेन्सी रोयटर्सले यस महिनाको सुरुमा कम्पनीका पूर्व अध्यक्ष काङ लिन विरुद्ध चलिरहेको अनुसन्धानको सम्बन्धमा अनुसन्धानकर्ताहरूले बाओ फानलाई आफूसँग लगेको बताएको थियो।

चीन सरकारले पछिल्ला केही महिनामा धेरै ठूला टेक कम्पनीहरु विरुद्ध कदम चालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *